राजतन्त्रको असलियत र स्वाभिमानको लडाइँमा गणतन्त्रको रक्षा

सुगौली सन्धिले नेपालको सीमामात्र घटाएन, राष्ट्रिय आत्मसमर्पणवाद पनि शुरु गर्‍यो । इतिहासको विश्लेषण गर्दा बहुपत्नीवाल राजा, मनपरेका रानीहरूको तत्कालीन राजाहरू कठपुतली बने । दरबारभित्र सौता-सौता रानीहरूबीचको प्रतिस्पर्धामा दरबार विभाजित भयो । रानीहरू सत्ता, शक्ति आफ्ना हातमा लिन, रोलक्रममा नभएका छोराहरूलाई राजा बनाउन र ब्वाइफ्रेन्डलाई मुख्तियार र सेनापति बनाउने हदैसम्मको षड्यन्त्रमा उत्रिए ।

सुगौली सन्धिले कुमाउपारि भएको बेलायती साम्राज्यवादलाई लैनचौरमा ल्यायो । ‘फुटाऊ र शासन गर’ भन्ने बेलायती मान्यताले दरबारको अन्तरविरोधमा खेल्दै महत्वाकांक्षी जनरल जंगबहादुरलाई प्रयोग गरी सुगौली सन्धिविरोधी सेना भाइ-भारदारको कत्लेआम नेपालको कुख्यात कोत पर्व र भण्डारखाल पर्व विसं. १९०३ मा गराइयो । धेरै देशभक्त नेपाली नेपालको एकीकरण सार्वभौम रक्षाको लडाइँमा मारिए । बाँकी देशभक्त कथित कोतपर्व र भण्डारखाल पर्व नामको षड्यन्त्रमा मारिए । नेपालका राजा सुरेन्द्रमार्फत पञ्जाछाप लिई जंगबहादुर श्री ३ बने । बेलायतको कठपुतली सरकारको रूपमा नेपालमा राणाहरूले राजालाई खोपीमा राखी १०४ वर्ष जहानियाँ शासन गरे ।

यिनै तथ्यको आधारमा विश्लेषण गर्दा पृथ्वीनारायण शाह र कान्छा छोरा बहादुर शाहबाहेक इतिहासमा राजतन्त्रका कुन उत्तराधिकारी देशभक्त र स्वाभिमान थिए ? उत्तर छ- थिएनन् । सुगैली सन्धि कुन जनताले गरे श्री ५ राजेन्द्रले नै होइन र ? कोत पर्व, भण्डारखाल पर्वको रचयिता र राणालाई श्री ३ को पगरी गुथ्याउने श्री ५ सुरेन्द्र कुन जनता हुन् ? राणाशाहीविरोधी संघर्षको नेतृत्व प्रजापरिषद्, नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी देशभित्र संघर्ष गर्दैगर्दा तत्कालीन राजा त्रिभुवन भारतीय उक्साहटमा आत्मसमर्पण गरेर भारत पलायन भए ।

‘फुटाऊ र शासन गर’ भन्ने बेलायती मान्यताले दरबारको अन्तरविरोधमा खेल्दै महत्वाकांक्षी जनरल जंगबहादुरलाई प्रयोग गरी सुगौली सन्धिविरोधी सेना भाइ-भारदारको कत्लेआम नेपालको कुख्यात कोत पर्व र भण्डारखाल पर्व विसं. १९०३ मा गराइयो ।

भारतको योजनामा राणाशाहीको अन्त्यको नाममा भारत, राजा, कांग्रेसबीच त्रिपक्षीय सन्धि गरे । भारतको पक्षमा सन् १९५० को सन्धि गरे, जुन नेपाली जनताको मुटुकिलोको रूपमा अहिले पनि स्थापित छ । यसले नेपाललाई उपनिवेश बनाएको कसले हो र छ ? २००७ सालको परिवर्तनले १०४ वर्ष गुमेको राजाको अधिकारको पुनःस्थापना भयो । नेपालको मन्त्रिपरिषद्‌मा भारतीय प्रतिनिघि रहने राष्ट्रद्रोही काम गरे । राणामार्फत बेलायतले प्रयोग गरेको सबै अधिकार भारतीय शासक गुटको हातमा गयो । २००८ सालमा उल्टै १७ टुकडी भारतीय सेना नेपालको उत्तरी चेक पोस्ट राख्ने काम तत्कालीन राजा त्रिभुवनले गरे । भारतको रक्षा सीमा हिमालयलाई मान्ने भारतीय शासक गुटले देशभक्त भनिने शाहवंशले गरेका होइनन् र ?

यी सबै काम नेपालको सार्वभौमसत्ताको रक्षाको लागि गरेका हुन् वा भारत र साम्राज्यवादीहरूको मिलेमतोमा भएको होइन र ? यो कुनै जनताको छोराले गरेका हुन् कि राजतन्त्र पक्षधरहरूका आदर्शपात्र राजा त्रिभुवनले गरेका होइनन् र ? अब पनि राजाले देश बचाउँछन् भन्ने भ्रम पाल्ने मुर्खहरू नेपालमा नहुनुपर्ने हो ! राजाले देश बचाउने कुराको असलियत प्रस्ट हुन के बाँकी छ र ?

अब हेरौं राजाको असलियत

२०१७ साल पुस १ गते निर्वाचित बीपी कोइरालाको सरकार र संसद भंग गरी आफ्नै नेतृत्वमा निरंकुश सत्ता सञ्चालन गरेको राजाले २०१८ सालमा चीनसँग हारेर फर्केको भारतीय सेना कालापानीमा क्याम खडा गरेर बसेको सूचना पाएपछि देशभक्त राजा महेन्द्रले भारत र इन्दिरा गान्धी रिसाउँछन् भनेर नसुनेको र नदेखेको जसो गरे । कहिले कुन दिन राजा र पञ्चायतवादीहरूले भारतीय शासक गुटसँग ठाडो शीर गरेर बोले ? प्रतिवाद गरे ? जनतालाई भने ? २०२६ सालमा भारतीय सेना उत्तरी सीमाको चेक पोस्ट १७ स्थानबाट फर्किंदा किन कालापानीबाट सेना फर्काएनन् ? उल्टै सौदाबाजी गरे ।

भारतले हाम्रो भूमि अझै मिचेको छ । यसबारे राजा र पञ्च कहिले बोलेका छन् ? भारतीय अतिक्रमणको विरोधमा अहिलेसम्म हामी लडेका छौं । राजा वा राजवादी कहिले लडेका छन् ? उल्टै २०१२ सालसम्म नेपालको एक रूपैयाँको नोटमा समेत अंकित चुच्चे नक्सा नापी विभागमार्फत २०३२ सालमा बुच्चे बनाएर प्रकाशन गरियो । भारतले कब्जा गरेको कालापानीको भूभाग भारतको पोल्टामा पार्न वैधानिक रूपमा बुच्चे बनाइयो । कालापानी सुगौली सन्धिविपरीत भारतीय नक्सामा समावेश गरियो । यसबेला सत्तामा राजा वीरेन्द्रको पञ्चायत शासन थियो । जनता थिएनन् ।

गणतन्त्र स्थापनापछि २०७२ मा भारतीय नाकाबन्दीको प्रतिवाद कसले गर्‍यो ? विनासम्झौता नाकाबन्दी खुलाउन भारतलाई कसले बाध्य बनायो ? नेपालको सार्वभौम सत्तालाई सुदृढीकरण गर्ने गरी चीनसँग व्यापार र पारवहन सम्झौता कसले गर्‍यो ?

निष्कर्ष प्रस्ट छ । पृथ्वीनारायण र बहादुर शाहबाहेक सामन्तवाद र राजतन्त्र कहिल्यै पनि देशभक्त र लोकतन्त्रवादी छैनन् । यो इतिहासले पुष्टि गरेको विषय हो । गणतन्त्र स्थापनापछि २०७२ मा भारतीय नाकाबन्दीको प्रतिवाद कसले गर्‍यो ? विनासम्झौता नाकाबन्दी खुलाउन भारतलाई कसले बाध्य बनायो ? नेपालको सार्वभौम सत्तालाई सुदृढीकरण गर्ने गरी चीनसँग व्यापार र पारवहन सम्झौता कसले गर्‍यो ? भारतले कब्जा गरेको भूभाग कालापानी समावेश गरी चुच्चे नक्सा कसले प्रकाशन गर्‍यो ? संविधानको अंग कसले बनायो ? चीनसँग बीआरआई सम्झौता कसले गर्‍यो । गणतन्त्रवादीले विशेषतः नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरे ।

निरंकुश पञ्चायती शासनका दास, रैती र राजाको जिउ-हजुरियाहरू र हिजाको पञ्चायत निरंकुशता र राजाको शासन नभोगेकाहरू, इतिहास नपढेका समूहहरू लहडमा लाग्नु स्वाभाविक हो । समग्र नेपालको राजनीतिक इतिहास पढेपछि उनीहरू लोकतान्त्रिक गणतन्त्रको पक्षमा आउनेछन्, तर पञ्चायतको जुठोपुरो खानेहरू उमेरले मृत्युको सम्मुख रिटायर्ड पञ्चहरू ज्ञानेन्द्र शाहसँगै सत्ताको र्‍याल काड्दै राजतन्त्र पुनर्बहालीको दिवा सपनामा रमाउँदै कथित संयुक्त जनआन्दोलनको राग अलाप्दैछन् । प्रकृति र समाज विकास नियम र द्वन्द्ववादी सिद्धान्तले राजतन्त्र पुनःस्थापनाको विषय असम्भव छ । राजतन्त्र र निरंकुश निर्दलीय पञ्चहरूको राष्ट्रिय आत्मसमर्पणको पछिल्लो हर्कतको पर्दा पुनः खुल्दैछ ।

यतिखेर भारतीय हिन्दूवादी बीजेपी र मोदीका विश्वास पात्र नयाँ राजा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई शीरमा बोकी भारतीय निर्देशनमा नेपालमा हिन्दू राज्य र राजतन्त्र फर्काउने योजनामा ज्ञानेन्द्र र उनका अनुचर मैदानमा उत्रिएका छन् । यसबाट पनि कथित राजावादीको संयुक्त आन्दोलन कसको पक्षमा कसको लागि गरिएको हो ? खुल्न केही बाँकी छैन । हिन्दू राज्य, राजतन्त्रसहित नेपालको शासन सत्तामा भारतीयलाई २००७ साल झैं भित्र्याउने षड्यन्त्रको पहिलो झाँकी कथित संयुक्त आन्दोलन संयुक्त संघर्ष समिति घोषणाले पुष्टि गरेको छ । अब देशभक्त नेपालीहरू लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षा, नेपालको सार्वभौमसत्ता र स्वाभिमान रक्षाको लागि एकताबद्ध होऔं । राष्ट्र, राष्ट्रियता र स्वाभिमान जोगाऔं ।

Comments

5 responses to “राजतन्त्रको असलियत र स्वाभिमानको लडाइँमा गणतन्त्रको रक्षा”

  1. bipin Avatar
    bipin

    yesta ganatantra …murdabaad …..

  2. bipin Avatar
    bipin

    tai nai murkha hoos ….tero kati padai cha …? vaan …murkha re …thuikka

  3. Nick Kashyap Avatar
    Nick Kashyap

    खबरदार, भारतिय रअ एजेन्टहरू राजसंस्था बिरूद्द बिषबमन गर्दै छन्। त्यही रअले खाओबादीहरूलाइ पालेको थियो। अनि १२ बॅुदे कु-सम्झौता त्यही भारतिय रअको काखमा बसेर गरेको हो । अझ यही मार्क्सबादी र समाजबीदीले राजसंस्थालाइ भारतपरस्त भन्दा लाज भएन? अस्ति झापामा सिमा मिच्दा तैले के बोलिस्? चुच्चे नक्सा लुकाइस् त ! लठ्ठु।

  4. Manaia Thompson Avatar
    Manaia Thompson

    यस्ता हरामि बाहुन थुक्का तेरो बुद्धि| यो ज्यन्माराको लंगौति को लेख छापने नेपाल प्रेस झूरै हो| यो बाहुनको चाल र हाल देखता यसताहरुको मनस्थितिको ज्ञान था हुन्छ|

  5. samir Avatar
    samir

    बुढो भएर पनि भ्रष्ट पार्टीको दास बन्न लाज लाग्दैन यस्तो लेख्नेहरुलाइ? छि!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *