काठमाडौं । ‘ट्रक सायरी’ नेपाली साहित्यको एक रोचक पक्ष हो । यस्तै रोचक आज २५ करोड रकम बरामद भएको ट्रकमा पनि पाइएको छ । टोखाको झोरबाट प्रहरीले बरामद गरेको २५ करोड १ लाख ६० हजार ३ सय ३८ रूपैयाँ बोक्ने ट्रक थियो ना. ७ ख १६५२ नम्बरको ।
र, त्यही नम्बरमा एक सायरी लेखिएको थियोः ‘गुड्नु ६ रोडमा, कमाउनु ६ नोटमा’
ट्रक चालक सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-१ का ४३ वर्षीय ‘फुच्चे’ नामले परिचित कुसाङ लामा अहिले पक्राउ परेका छन् । ट्रकको सायरीको दोस्रो लाइनमा भनिएको छः
‘जीन्दगीको भारी बोक्नु ६ चोटै चोटमा’

Leave a Reply