बास्कोटाको व्यंग्य- वामपन्थी जोडाउन सक्ने सुपरग्लु संसारको कुनै कम्पनीले बनाउन नसक्नु एआई युगकै असफलता

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले वामपन्थीहरूलाई जोडाउन सक्ने सुपरग्लु संसारको कुनै कम्पनीले बनाउन नसक्नु पनि एआई युगकै असफलता भएको भन्दै व्यंग्य गरेका छन् ।

राजावादीहरू एक हुने प्रयास गर्दा पनि वामपन्थी शक्तिहरू मिल्न नसकेको भन्दै यस्तो व्यंग्य गरेका हुन् ।

‘राजावादी जो पश्चगामी हुन एक हुने कुरो सुनिन्छ’ उनले भनेका छन्, ‘तर वामपन्थी जो जन्मजात अग्रगामी हुन तिनलाई मिलाउन जोडाउन सक्ने सुपरग्लु संसारको कुनै कम्पनीले बनाउन नसक्नु पनि एआई युगकै चरम असफलता लागो मलाई त । अहिले कर्कलोघारी फाँड्न बन्चरो खोज्न पर्दैन । अर्को माघमा घरघरमा नवराज राजा आउँछन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *