मन्त्रिपरिषद्को बैठक बालुवाटारमा, आईजीपी नियुक्त गर्ने तयारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही समयअघिदेखि बैठक जारी छ ।

आजको बैठकले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने तयारी गरेको छ । नयाँ आईजीपीमा दीपक थापा नियुक्त हुने सम्भावना छ ।

आजै महानिरीक्षक वसन्तबहादुर कुँवरको बिदाई गरेपछि सरकारले नयाँ आईजीपी नियुक्ति गर्न लागेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *