प्रचण्डको अर्को आक्षेप: राजा-महाराजा अन्तर्राष्ट्रिय वेश्यालय धाएर देशको बेइज्जत गर्थे (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राजावादीहरुले गरिरहेको गतिविधि संविधानविपरीत भएको दाबी गरेका छन् ।

राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई फेरि रैती बनाउने र अधिकार खोस्नेतर्फ केन्द्रित रहेको बताए ।

उनले युवाहरुलाई हिजो के भएको थियो भन्ने कुरा राम्रोसँग बुझाउनुपर्ने बताए ।

प्रचण्डले भने, ‘कोत पर्व के थियो ? भण्डारखाल ककसको झगडाले भएको हो ? त्यहाँ सयौं भारदारहरुको कत्लेआम कसरी गरिएको थियो ? नेपालको नक्सालाई संकुचित बनाउने काम दरबारिया राजाहरुले कसरी गरेका थिए ? विदेशीको चाकडी कसरी गरेका थिए ? हिजोका राजा र महाराजाहरु अन्तर्राष्ट्रिय रुपमा वेश्यालयमा गएर नेपालको बेइज्जत कत्ति धेरै गराएका थिए ? यही अस्ति भर्खरै कलकत्तामा बेइज्जत गरेर जवहारलाल नेहरुले त तिमीहरुको राजाले त बेइज्जत नै ग¥यो, छिटो फर्काउ भन्नपर्ने, त्यो स्तरको कसले गरेको थियो ? नमिता-सुमिता हत्याकाण्ड के थियो ? दरबार हत्याकाण्ड कसले कसरी गरेको हो ? यो युवाहरुलाई बुझाउर्छ ।’

उनले मौलिक अधिकार र सामान्य प्रेस स्वतन्त्रता पनि हरण गरेर जेल, नेल र हत्या कसरी हुने गरेको थियो भन्ने कुरा युवाहरुलाई थाहा नभएकाले बुझाउनुपर्ने बताए ।

Comments

2 responses to “प्रचण्डको अर्को आक्षेप: राजा-महाराजा अन्तर्राष्ट्रिय वेश्यालय धाएर देशको बेइज्जत गर्थे (भिडिओ)”

  1. Manaia Thompson Avatar
    Manaia Thompson

    यो ज्यानमाराको दिमाग फुस्कियो फुस्कियो यस्मा शंकै नहुने भयो| अब यसलाई ललितपुरको मानसिक अस्पतालमाँ भरना गर्ने पर्ने भो|यसलाई १७००० + २ को रगतले पोल्न थाल्यो – खुशिको कुरा|

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    12 बर्षे आतंककारी युद्द के थियो? माओबादी र कम्मायुनिष्टमा यौन दुराचारीता पनि छ। फर्गट ऐष्टरडे कसले भन्यो? महराले। सुन तस्करी, चंदन तस्करीमा माओबादी कामरेड छन्। लडाकु शिबिर घोटालामा सबै माओबादी छन्। कमरेट छविलाल पुत्रले बिबाहीत हुदाहुदै पनि परस्त्रिगमनमा लिप्त थिए। ५००० मान्छे मारेको जिम्मा लिने कम्युनिष्टका नेता हुन्। अर्थ मन्त्रलायमा फुटेज मेटाउने, करका दर बदलेर फाइदा हसुर्ने माओबादी पार्टीका नेता हुन्। यति हुदाहुदै पनि आंगको भैसी नदेख्ने चाही छविलाल र कम्युनिष्ट नै हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *