नेकपा एसको दाबी- राजावादीलाई काउन्टर दिन १५ गते काठमाडौंमा एक लाखभन्दा धेरै काठमाडौंमा उतार्छौं (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राजावादीहरुलाई काउन्टर दिन चैत १५ गते काठमाडौंमा समाजवादी मोर्चाले एक लाखभन्दा धेरै जनता उतार्ने दाबी गरेको छ ।

स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष जगन्नाथ खतिवडाले जनता गणतन्त्रकै पक्षमा छन् भन्ने देखाउन विरोधसभा गर्न लागेको बताए ।

उनले दलहरुसँग जनता छैन भन्ने भाष्यलाई चैत १५ गते झल्को दिने बताए ।

उपाध्यक्ष खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा टिकट काटेर पस्न पाउने भन्दै राजतन्त्र फर्किने सम्भावना नभएको दाबी गरे ।

Comments

One response to “नेकपा एसको दाबी- राजावादीलाई काउन्टर दिन १५ गते काठमाडौंमा एक लाखभन्दा धेरै काठमाडौंमा उतार्छौं (भिडिओ)”

  1. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    खै । एक हजार सम्म भए नि ठूलै हुल देखिन्थ्याे । एक लाख त नखाेकेकाे भए हुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *