सरकारमा आउन रुचि भएकाहरूले सत्ता परिवर्तनको हल्ला फिँजाइरहेका छन् : महेश बर्तौला (भिडिओ)

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले ठूला दुई दलका साथै अन्य केही दल मिलेर बनेको वर्तमान सरकार नै राष्ट्रिय सहमतिको आधारमा बनेको सरकार भएकाले सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताए ।

उनले सरकार परिवर्तन वा कुनै दललाई सरकारमा भित्र्याउने वा बाहिर पठाउने भन्ने विषयमा समेत कुनै बैठक नभएको धारणा राखे । सरकारमा आउन रुचि भएकाहरुले सरकार परिवर्तनको हल्ला चलाएको उनको भनाइ छ ।

उनले अहिलेको सरकार सहझ ढंगले अघि बढिरहेको र यहि सरकारले निरन्तरता पाउने जिकिर गरे ।

उनले अहिले कांग्रेस र एमालेको संयुक्त सरकार भएपनि ८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउने गरि तयारी गर्ने बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *