काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैरसरकारी संस्था महासंघ नेपालको नवनिर्वाचित नेतृत्वले ११औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा अध्यक्ष अर्जुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति र कानून बन्नुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्नेलगायतका विषय समेटिएको घोषणापत्र बुझाएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नयाँ टीमलाई बधाई दिँदै सामाजिक रुपान्तरण र विकासका काममा सफलताको शुभकामना दिए ।
महासंघको गत फागुन २५-२७ गतेसम्म काठमाडौंमा भएको महाधिवेशनबाट भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय नयाँ नेतृत्व चयन भएको थियो ।

Leave a Reply