त्रिचन्द्र कलेजमा नेविसंघका बागी उम्मेदवारले लगाए ताला, विरोधमा अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा नेविसंघबाट बागी उम्मेदवारी दिएका विवेक बानियाँले क्याम्पसमा तालाबन्दी गरेका छन्।

निर्वाचन समितिले आफ्नो मागलाई बेवास्ता गर्दै बैठकमा समेत नबोलाएको भन्दै असन्तुष्ट बानियाँ पक्षले क्याम्पसमा तालाबन्दी गरेको हो।

आफ्नो मागहरूलाई सम्बोधन नगरी सीमित समूहलाई मात्रै समावेश गरी षड्यन्त्रपूर्वक निर्वाचन प्रक्रिया अघि बढाएको विज्ञप्तिमा उल्लेख छ।

नेविसंघको बागी उम्मेदवारीले कलेजमा ताला लगाएपछि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले चुनाव हुनदेऊ भन्दै प्रदर्शन गरेका छन्। त्यहाँ नेविसंघबाट गोविन्द कोइराला सभापति र आशिष गिरी सचिवको उम्मेदवार छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *