प्रकाश ज्वालाको प्रस्ताव- उमेर भएसम्म लोकसेवा लड्न दिऔँ, बरु प्रधानमन्त्री दुईपटक भन्दा बन्न नपाउने बनाऔँ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले लोक सेवामा ६ पटक फेल भए परीक्षा दिन निषेध गर्ने गरी कानुन बनाउन लागेकोभन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै परीक्षाबाट नै वञ्चित गर्नु भनेको युवाहरूलाई खाडी र मलेसियातिर धकेल्नु भएको टिप्पणी गरे।

उनले भने, ‘सरकारले रोजगारीको विकल्प पनि नदिने, परीक्षामा प्रतिस्पर्धा गर्न पनि रोक्ने यो मौलिक अधिकारबाट वञ्चित गराउनु हो। त्यसैले लोकसेवा लड्ने उमेर भएसम्म लड्न पाउनुपर्छ।’

उनले बरु राजनीतिक नियुक्ति, चुनाव, सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति कति पटक हुने भन्ने विषयमा छलफल गर्न प्रस्ताव गरे।

उनले राष्ट्रपति एक, प्रधानमन्त्री दुई, मन्त्री र सांसद तीन पटक र गैरसांसद मन्त्री हुने व्यवस्था गर्न माग गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *