प्रचण्डकाे तस्बिर जलाइएको घटनाबारे मकवानपुर प्रशासनमा छलफल, बम रिहा हुँदै

हेटौंडा । राप्रपाको प्रजातान्त्रिक युवा संगठनको जिल्ला अधिवेशनको क्रममा हेटौंडामा प्रचण्डको तस्बिर जलाइएपछिको परिस्थितिलाई सहजीकरणको लागि मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आइतबार राप्रपा र माओवादी केन्द्रका नेताहरुलाई प्रमुख जिल्ला अधिकारीको कार्यालयमा बोलाएर घटनाबारे जानकारी लिएकी छन् ।

कार्यक्रममानै राप्रपाका युवा नेता तथा युवक संगठनका स्दस्य सचिव निराजन बमले माओवादी अध्यक्ष प्रचण्डको तस्वीर जलाएको भोलिपल्ट आज उनलाई भरपुरबाट पक्राउ गरिएपछि हुने संभावित घटनालाई मध्यनजर गर्दै सिडिओ श्रेष्ठले माओवादी र राप्रपाका नेताहरुलाई छलफलको लागि बोलाएकी हुन् ।

छलफलबारे नेपालप्रेससङ्ग कुरा गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमले प्रजिअको बैठकमा आफूहरुले उक्त घटना राजनीतिक सस्कार भन्दा बाहिर रहेको भनेको बताए ।

एउटा औपचारिक कार्यक्रममा त्यस्ताखाले अराजनीतिक काम गर्न नहुने आफुहरुको तर्क रहेको उनको भनाई छ । माओवादीले यसबारे राप्रपासङ्ग यो आबेग हो कि तपाईहरुको पार्टिको नीति र योजना हो भनेर प्रश्न गर्दा उनिहरु(राप्रपा) ले यो पार्टिको कुनै नीति हैन भन्ने जवाफ दिएको गौतमको भनाई छ ।

छलफलको विषयमा नेपालप्रेसले राप्रपा मकवानपुरका उपाध्यक्ष सागर थापाले घटना योजना अनरुप नभएको बोल्ने क्रममा आवेशमा आएर भएको जानकारी गराएको बताए । आफुहरु शान्तिपुर्ण राजनीतिमा विश्वास गर्ने जानकारी माओवादी साथिहरुलाई दिएको उनको भनाई छ ।

मकवानपुरकि प्रमुख जिल्ला अधिकारीले आफुले हिजोको घटनाबारे जानकारी लिन मात्र माओवादी र राप्रपाका प्रतिनिधिस छलफल गरेको बताइन् ।

राजनीतिक घटनाको विषयमा आफुले पार्टिका नेताहरुलाई कुनै सुझाव दिन नमिल्ने बताउदै उनले घटनाबारे जानकारी लिने उदेश्य मात्र रहेको उनको भनाई छ ।

सहमतिपछि आजै रिहाइ

यसैबीच माओवादी र राप्रपाबीच सहमति भएको र अहिले जिल्ला प्रहरी कार्यलयमा कागज तयार हुँदै गरेको उपाध्यक्ष थापाले बताए । उनलाई आजै रिहाई गरिने उनको भनाई छ ।

Comments

One response to “प्रचण्डकाे तस्बिर जलाइएको घटनाबारे मकवानपुर प्रशासनमा छलफल, बम रिहा हुँदै”

  1. ksp pyl Avatar
    ksp pyl

    यी दुवै अराजक समूहको काम देशमा अशान्ति मच्चाउने र विदेशीको दलाल हुने हो । यी मिले भनेर के आश्चर्य ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *