गणतन्त्र पक्षधरको सरकार बनाउन छलफल सुरु भएको दाहालको दाबी (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका छन् ।

आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले अहिले सडक भन्दा पनि सरकारमा समस्या देखिएको भन्दै त्यसलाई निरुत्साहित गर्नका लागि गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका हुन् ।

यसका लागि प्रारम्भिक छलफल समेत सुरु भइसकेको उनले दाबी गरे । दाहालले गणतन्त्र पक्षधरको सरकार बनाउने प्रक्रियामा एमाले भन्दा कांग्रेससंग बढी छलफल हुने जिकिर गरे । सांसद दाहालले अबको सहकार्य गणतन्त्र विरोधीसँग नहुने र गणतन्त्र पक्षधर एकठाउँमा उभिएर सहकार्य हुने धारणा राखे ।

उनले वर्तमान सरकारका कारण निराशा पैदा भएकाले प्रतिगामीलाई फाइदा पुगेको जिकिर गरे ।

Comments

2 responses to “गणतन्त्र पक्षधरको सरकार बनाउन छलफल सुरु भएको दाहालको दाबी (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    यसैबाट प्रमाणित हुन्छ माओवादी सरकारबाट हटनुपर्दा विक्षिप्त भएर कराउदै हिडेको ।सरकारमा जान पाईन्छ कि भनेर प्रचण्ड कथित अभियान नै छोडेर कुद्दै काठमाडौं हानिएको । खानलाई ।

  2. RK Avatar
    RK

    माछा देखे दुला हात सर्प देखे पाखा हात ! लाज भएको भए पो लजाउनु ! सत्ता छोड्नु पर्दा को रोदन !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *