पूर्वराजा लक्षित माधव नेपालको टिप्पणी- देशलाई लुट्नमात्रै जानेका छन् (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै वंशको आधारमा देश चलाउनेहरूले देशलाई लुट्नमात्रै जाने टिप्पणी गरेका छन् ।

समाजवादी मोर्चाले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश पुगे बर्बाद हुने बताए ।

उनले भने, ‘अहिले व्यवस्था बदलिनुपर्छ भन्ने कुरा आइरहेको छ । अवश्य पनि पुँजीवादी व्यवस्था बदलिनुपर्छ, तर सामान्तवादी व्यवस्थामा जाने होइन । दलाल र पुँजीवादीको वर्चस्व रहेको व्यवस्था, जो वंशको आधारमा पहिले १०४ वर्षसम्म, २४० वर्षसम्म शासन सञ्चालन गरेर बसेकाहरू पछि सत्ताको दुरुपयोग गरेर बसेकाहरूबाट अब मुक्ति चाहियो । व्यवस्था बदल्न चाहनेहरू अब प्रतिगमनतिर होइन, अग्रगमनतिर आउनुस् । अब यो वंशको शासनको कुरा छाडिदिनुस् । तिनीहरूले न त्याग, तपस्या र बलिदान गरेका छन् । देशलाई लुट्नमात्रै जानेका छन् । लुट्ने इतिहास बोकेकाहरूको हातमा देशलाई लगेर बर्बाद पार्ने होइन ।’

अध्यक्ष नेपालले अहिले नेपाली विशेषताको समाजवादबारे आफूहरूले छलफल थालेकाले समाजवादी व्यवस्थामा जानुपर्ने बताए ।

Comments

One response to “पूर्वराजा लक्षित माधव नेपालको टिप्पणी- देशलाई लुट्नमात्रै जानेका छन् (भिडिओ)”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    तैले चाही धूपध्वार गरेर बसेको ठानेको होला, सत्तामा छउन्जेल शक्ती दूरुपयोग गरीस् लोभी। यती लोभी छ की यो मान्छे , सपन्न हॅुदाहुदै पनि नेपाली जनताको नाममा आउने भारतिय छात्रवृतीमा राल काडेर आफ्नो छोरीलाइ डाक्टर पढ्न भारत पठायो। अब भारतको नून खाएपछी यो लोभीले नेपाल देशको हित गर्छ भनेर कसरी पत्याउनु!! पाएसम्म आफै लुट्छ यो लोभी। राजा (सिह) ले यस्सो हाइ काढेको मात्रै थियो जनता लुट्न पल्केका ब्वॅासाहरूलाइ छटपटी भैसक्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *