समाजवादी मोर्चाको आह्वान- प्रतिगमन र प्रतिक्रियावादी शक्तिहरुको षड्यन्त्रविरुद्ध चैत १५ गते काठमाडौं आउनू

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा हुने विशाल विरोध प्रदर्शन जनसभामा सहभागी हुन आह्वान गरेको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रतिगमत र प्रतिक्रियावादी शक्तिहरुको षड्यन्त्रविरुद्ध जनसभामा सहभागी हुन आह्वान गरेको मोर्चाका सदस्य सचिव खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए ।

उनले सरकारको अलोकतान्त्रिक गतिविधिका कारणले जनताको अधिकार एकपछि अर्को कुण्ठित हुँदै गइरहेको आरोप लगाए । राज्य सञ्चालकको स्वेच्छाचारिताको कारणले देशले अप्ठेरो र संकटग्रस्त अवस्थाको सामाना गर्नुपर्ने बताए ।

सरकार बिचौलिया र कालाबजारीको सेवामा केन्द्रित भएको पनि बताए । गणतन्त्रको रक्षाको लागि संसदभित्र र बाहिरका राजनीतिक पार्टीहरुसँग छलफल र परामर्श गर्ने उनले बताए ।

उनले भने, ‘देशको विषम् परिस्थितिमा समाजवादी मोर्चा, नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति राष्ट्रिय स्वाधीनता र गणतन्त्रका पक्षधर संसदभित्र र बाहिर भएका राजनैतिक पार्टी, नागरिक समाज, बुद्धिजीवीलगायत नेपाली समाजका सबै पक्षसँग छलफल र परामर्श गरी प्रतिगामी र पुनरुत्थानवादी षड्यन्त्रका विरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको छ ।

Comments

3 responses to “समाजवादी मोर्चाको आह्वान- प्रतिगमन र प्रतिक्रियावादी शक्तिहरुको षड्यन्त्रविरुद्ध चैत १५ गते काठमाडौं आउनू”

  1. ksp pyl Avatar
    ksp pyl

    विदेशीका दलालहरूको झुण्ड हो यो । अहिले किन आन्दोलन ? मोदीको नोकर बन्न ? राजावादीलाई देखाएर देशमा प्रतिक्रियावादीले धूम गरे । अब गणतन्त्रवादी मिल्नुपर्छ । त्यसको लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ भनेर सरकार ताक्न दिल्लीका भाडाका टट्टुहरूले रचेको जाल हो यो । अब जनता आउनेवाला छैनन र यस्ता दलालहरूले भन्दैमा देशमा अशान्ति मच्चाउन जनता आउनु पनि हुन्न । अलिकति स्थिर सरकार भयो कि त प्रचण्डे हत्यारालाई निद्रा नै लाग्न छोडछ । दिल्लीले यैसा करो भने पछि ठिक है मालिक भनेर आदेश मानिहाल्छ र देशमा अराजकता, अस्थिरता निम्त्याउन तल्लिन हुन्छ । ५२ सालदेखि यसले गरेकै यहि हो अहिलेसम्म ।

    1. yuvaraj adhikari Avatar
      yuvaraj adhikari

      १५ गते काठमाडाैं आउन जरुरी छैन । नाटक धेरै भै सक्याे

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    नेपालका बौद्दिक भनिने हरूको बौद्दिक दिवालियापन स्पस्ट देखिन्छ। यिनीहरूलाइ ५००० मान्छे मारेको जिम्मा लिन्छु भन्नेलाइ नेता मान्न कुनै असहजता छैन। १७००० मान्छे मारिने गरी भएको आतंककारी युद्दका युद्द नाइके पक्षहरू; कांग्रेस एमाले र माओबादी, लाइ आफ्ने प्रतिनिधी मान्न कुनै लाज छैन। २०४६ को संबिधान अनुसार नै को अधिकारमा टेकेर सक्रिय राजाको गल्ती चाही सबै भन्दा ठुलो लाग्छ यी कथित बौद्दिकलाइ । च्वच्व कठैबरा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *