सरकारसँग जनार्दनको माग- पूर्वविशिष्टको खर्च घटाएर मधेसका मुसहरको जीविकोपार्जनमा लगानी गरौँ

काठमाडौं । सरकारले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कानुन बनाउने तयारी गरिरहेको बेलामा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अहिले दिइरहेको सुविधा पनि घटाउन माग गरेका छन्।

सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई राज्य कोषबाट आजीवन सुविधा दिनु उपयुक्त नहुने उनको भनाइ छ।

उनले भनेका छन्, ‘सरकारले पूर्व विशिष्ट पदाधिकारीलाई राज्य कोषबाट आजीवन सुविधा दिनुको सट्टा अहिले दिइएको सुविधालाई घटाएर गरिबीका रेखामुनि रहेका गरिब एवम् मधेसका मुसहरलाई जीविकोपार्जनको लागि लगानी गर्दा न्याय सङ्गत होला।’

उनले पूर्वविशिष्टको खर्च घटाएर गरिब एवम् मधेसका मुसहरलाई जीविकोपार्जनको लागि लगानी गर्न माग गरेका छन्।

Comments

One response to “सरकारसँग जनार्दनको माग- पूर्वविशिष्टको खर्च घटाएर मधेसका मुसहरको जीविकोपार्जनमा लगानी गरौँ”

  1. ksp pyl Avatar
    ksp pyl

    सुन तस्कर, राजश्वमाराहरूको नाटक हेरन फेरि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *