कुलमान हटाउने तयारीबारे गगनपछि विश्वप्रकाशले भने- असन्तुष्टिको भुँग्रोमा घिउ थप्ने काममा सरकार लाग्नुहुन्न

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने विषयमा सरकारलाई संयम भएर चल्न सुझाव दिएका छन्।

सरकारले कुलमानलाई हटाउन पटक पटक स्पष्टीकरण सोधिरहेको बेलामा महामन्त्री शर्माले असन्तुष्टिको भुँग्रोमा घिउ थप्ने काममा सरकार लाग्न नहुने बताए।

उनले कुलमानको विषय मात्रै नभएर पूर्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको तयारीको पनि विरोध गरेका छन्। उनले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने विधेयक नै नआउने बताए।

उनले भनेका छन्, ‘आर्थिक भार थप्नेगरि आए त्यो पारित हुने छैन सटिक र क्लियर कट कुरा यत्ति हो १ असन्तुष्टिको भुँग्रोमा घिउ थप्न सरकार स्वयं लाग्नुहुन्न १ पूर्व विशिष्टलाई सुविधा थप्ने प्रश्न होस् या विद्युत प्राधिकरणको एमडी हटाउने प्रकरण, सरकार संयमले चल्नुपर्छ १’

बेथिति नियन्त्रण, पद्धति सुदृढीकरणमा लोकतान्त्रिक मिडिया पनि सचेत रहनुपर्ने बताए। मन्त्रिपरिषद्को निर्णय अनुसार कुलमानलाई हटाउन उर्जामन्त्री दीपक खड्काले स्पष्टीकरण सोधेपछि कांग्रेस अर्का महामन्त्री गगन थापाले पनि असन्तुष्टि जनाएका थिए।

उनले सिन्धुली पुगेर भनेका थिए, ‘अहिले हामी सुनिरहेका छौँ, ऊर्जा मन्त्रालयको। मन्त्रालयअन्तर्गत विद्युत् प्राधिकरण छ। मैले बुझ्न सकेको छैन, बदनियत हो कि ढंग नपुगेको हो। तीन–चार महिनामा सेवा निवृत्त हुने एउटा व्यक्तिपछि सरकार नै लागेको देखिन्छ। यस्ता कुरा ठिक होइन। यस्तो, नचाहिने काममा कोही पनि मन्त्रीहरू लाग्नु हुँदैन।’

Comments

One response to “कुलमान हटाउने तयारीबारे गगनपछि विश्वप्रकाशले भने- असन्तुष्टिको भुँग्रोमा घिउ थप्ने काममा सरकार लाग्नुहुन्न”

  1. ksp pyl Avatar
    ksp pyl

    उज्यालोका नायक भनिएकाले विद्युत प्राधिकरणको नेतृत्व सम्हालेको करिव ८ वर्ष भयो । खै त लोडसेडिङ हटेको ? आजको दिनमा भारतले विजुलि नदिएमा देशभर लोडसेडिङ हुन्छ । अहिले नै ओैद्योगिक क्षेत्रमा १२ घण्टा लोडसेडिङ छ । कुलमानले गरे के त ? कमाएर माओवादीका नेता पाल्ने काम मात्र गरे ? त्रिशुली जलविद्युत कम्पनिको अध्यक्ष उनै हुन् । ८ वर्षदेखि त्यो आयोजना अलपत्र छ ।खै सम्पन्न गरेको ? त्यसैले अरूले बनाईदिएको संरचनामा हिरो बन्ने बेलामा आईपुगेर वाह वाह लिएजस्तो त होईन रहेछ नि । अर्को कुरा विश्व प्रकाश जि तिम्रै काग्रेसले भर्ना गरेका रामवरणलाई कुन कानून अनुसार घरभाडा लगायतका खर्च र सुरक्षाकर्मी दिएको ? सुविधा पनि दिने अनि विना कानून, मिल्यो कुरा मिस्टर ? अरूले उचालेको कुराको पछि लाग्ने, विदेशीको लागि नेपाल विरूद्व प्रहार गर्ने नोकरहरूले विरोध गरेर केही नाप्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *