काठमाडौं । समाजवादी मोर्चाले भोलि काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । भोलि दिउँसो २ः३० बजे हिमालयन होटल कुपन्डोलमा पत्रकार सम्मेलन राखिएको मोर्चाका सदस्य सचिव खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए ।
सम्मेलनमा देशमा विकसित नयाँ परिस्थिति र घटनाक्रमबारे जानकारी गराइने उनले बताए । त्यसअघि मोर्चाले भोलि नै बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया राखेको छ ।
राजावादीहरुको सक्रियता बढेपछि त्यसलाई काउन्टर दिन मोर्चाले चैत १५ गते काठमाडौंमा बृहत् जनसभा गर्दैछ । भोलिको पत्रकार सम्मेलनमा त्यसबारेमा पनि जानकारी गराइने उनले बताए ।

Leave a Reply