पूर्वराजाप्रति प्रचण्डको आक्रोश- भाइमारा र मूर्ति चोरले धेरै चुरीफुरी गर्दैछन् (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका छन्। सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले पूर्वराजालाई फेरि राजा बन्ने दिवा सपना नदेख्न आग्रह गरे।

त्यसबारे उनको भनाइ जस्ताको तस्तै:

हिजो इतिहासमा हजारौँ जनताको छोराछोरीहरूको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र १० १५ हजार मान्छे उर्फिँदैमा उल्ट्याउन सम्भव छैन। तर त्यो दुष्साहस भइरहेको छ । त्यसलाई हामीले भनेका छौँ, इँटको जवाफ पत्थरले दिन माओवादी तयार छ। समाजवादी र गणतन्त्रवादीहरू तयार छन्। हामीले १५ गते केन्द्रीकृत कार्यक्रम गर्दैर्छौँ।

यो नौटकीहरु देखाइँदैछ, राजामहाराजाहरुको बारेमा। २५० वर्षसम्म यो देशलाई कहाँ पुर्याए। नेपाली जनताले बिर्सेको छरु मुर्तिचोर को हुन् रु नेपालका ठूला मूर्ति चोरहरू अहिले राजा। भाइमारा को हो रु आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छरु सुन तस्कर को हो रु नेपाली जनताले बिर्सियो भन्ठानेकोरु मैले पहिलो पटक प्रधानमन्त्री हुँदा फेरि एकचोटी दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ भनेको थिएँ। मैले त्यतिबेला ५ वर्ष शासन गर्न पाएको भए फेरि छानबिन गरेर भाइमारा र राजद्रोहीलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो। अहिले यिनीहरूले चुरीफुरी गरिरहेका छन्, धेरै नगरे हुन्छ।

धेरै मूर्खता पहिले पनि भइसकेको छ, अर्को मूर्खता गरे भने नेपाली जनता उदार हुँदैनन् अब रु नेपालका राजनीतिक दल पनि उदार हुँदैनन्। त्यसैले हामी सबैले आवाज उठाउनुपर्‍यो। त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरू त उनीहरूको परिवारभित्रै थिए नि। सबैले बुझेका छन् को हो मुख्य योजनाकार भन्ने त। त्यो जनतालाई थाहा छ। तीनका आसेपासेले त फेरि लुट्न पाइन्छ कि भनेर तीनलाई बोक्नसक्छन् तिमी पनि धेरै उचालियौँ भने वा विदेशीको फोटो टाँसेर उनको भरमा आउँछु कि भन्ने सपना देखेको भए त्यो दिवा सपना हुनेछ। त्यो भ्रममा नरहन आग्रह गर्छु।

Comments

5 responses to “पूर्वराजाप्रति प्रचण्डको आक्रोश- भाइमारा र मूर्ति चोरले धेरै चुरीफुरी गर्दैछन् (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    जनतामारा, भाइमारा, विदेशीको भाडाको टट्टु, देशद्रोही को हो भनेर नेपाली जनताले चिनिसके । दुईचारजना लुटन पाएकाहरूले ताली बजाए भन्दैमा नउचालिन म आग्रह गर्न चाहान्छु । नोयडामा कपालमा जेल लगाएर नेपाली जनता मार्न लगाउने हत्याराहरूलाई जनताले छोडने छैनन । चेतना भया ।

  2. bipin Avatar
    bipin

    yesta ko kura pani leknee kasto patrika ho yo…manche-mara ….parchanda nai ta ho yo dish ko ….raja ayema sedai …yesko din sakincha …nakarayere ke garoos ta…

  3. Nick Kashyap Avatar
    Nick Kashyap

    तैले पॅाच हजार जनता मारेको हॅु भन्थिस् त । तॅ चाही किन राजनिती गर्छस्, तॅलाइ चाही अदालतमा उभ्याउनुपर्छ।

  4. Manaia Thompson Avatar
    Manaia Thompson

    यो ज्यनामारा देशमारा भारतको नोकर निहत्था नेपालिमाथिको अत्याचारी रा नेपाल आमाको कुलंगार राछ्यस हो\

  5. samir Avatar
    samir

    सत्र हजार नेपालीको हत्यारा प्रचण्डेलाई मृत्युदण्ड दिनुपर्छ, कानून संशोधन गरेर भएपनि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *