पूर्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको तयारीबारे शेखरको टिप्पणी: विनासकाले विपरीत बुद्धि

काठमाडौं । सरकारले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कानुन बनाउने तयारी गरेकोप्रति सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले विरोध जनाएका छन्।

सरकारको यस्तो तयारीलाई विनासकाले विपरीत बुद्धि भएको टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘सरकार कुशासनको दुष्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टी भित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्त्वहरूले सडक तताइरहेको संवेदनशील अवस्थामा अर्को दुष्कर्मको प्रयास पूर्व विशिष्टलाई आजीवन सुविधा ।’

उनले यस्ता कामले व्यवस्था र पार्टीको हित नगर्ने भन्दै दिइएको सुविधा पनि घटाउन माग गरेका छन्।

Comments

One response to “पूर्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको तयारीबारे शेखरको टिप्पणी: विनासकाले विपरीत बुद्धि”

  1. ksp pyl Avatar
    ksp pyl

    कहाँ कसले शुरू गर्यो ? कनन छाम्नु कागको पछि किन दौडिएको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *