काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हवातै बढेको छ । छापावाला सुनको मूल्य एकैदिन तोलामा ४ हजार रुपैयाँले बढेको छ ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
बुधबार सुनको मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य २ हजार २० रुपैयाँ पुगेको छ।

Leave a Reply