कोपनहेगन डेनमार्क । नेप्लीज बिजनेस एसोसिएसन डेनमार्कले डेनमार्कका लागि नवनियुक्त राजदुत सुम्निता तुलाधरलाई दूतावासभित्रै स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष मिलन टि. श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राजदूत तुलाधारले नेपाली व्यवसायीका दुःख सुख र आइपर्ने समस्यामा आफू सदैव क्रियासील रहने आश्वस्त पारिन् ।
अध्यक्ष मिलन टि. श्रेष्ठले नेप्लिज बिजनेस एसोसिएसन डेनमार्कको स्थापना, उद्देश्य तथा भावी योजनाबारे जानकारी गराए । लामो समयदेखि डेनमार्कमा व्यवसाय सञ्चालन गरिरहेका नेपाली उद्यमी तथा उच्च शिक्षा अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरूले आर्जन गरेको ज्ञान, सीप तथा पूँजीलाई व्यवसायिकरूपमा विकास गरी नेपाल र नेपालीलाई डेनमार्कको बजारमा स्थापित गराउने लक्ष्य लिएको उनले प्रष्ट्याए ।
संस्थाका लेखा निरीक्षक नविन पौडेलले नेपाली व्यवसायीहरूबीच आपसी सहकार्यको महत्त्व उजागर गर्दै नेपाल राजदूतावाससँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त ग रे। सदस्य बुद्धि पौडेलले नेपाली व्यवसायीहरूलाई एक आपसमा जोड्ने तथा व्यवसायिक अनुभव आदान-प्रदान गर्न सहज वातावरण सिर्जना गर्नु नै संस्थाको मुख्य उद्देश्य रहेको बताए । कोषाध्यक्ष कुलराज शर्माले नेपाल-डेनमार्कबीच व्यापारिक सम्बन्ध सुदृढ गर्न राजदूतावाससँग सहकार्यमा जोड दिए ।
राजदूत तुलाधरले आफू ३७ वर्षदेखि महिला अधिकार, सामाजिक तथा लैङ्गिक न्यायका क्षेत्रमा कार्यरत रहेको बताउँदै, डेनमार्कमा पनि यी विषयमा कूटनीतिक पहल गर्ने प्रतिबद्धता जनाइन् ।

Leave a Reply