काठमाडौं । बैंक कर्जा व्यवस्थापन समितिले ऋणी वा जग्गाधनीको अनुपस्थितिमा भ्यालुएन नगर्न माग गरेको छ । समितिले कोशी भ्यालुएटर एसोसिएसन समक्ष यस्तो आग्रह गरेको हो ।
‘जग्गाको मालिक वा ऋणी स्वयम् उपस्थिति नभएको अवस्थामा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूसँग गएर सम्पत्तिको मूल्याङ्कन (भ्यालुएसन) प्रक्रिया अगाडी नबढाइदिनुहुन अनुरोध गर्दछौँ’, समितिको माग छ ।
समितिका अनुसार हालको आर्थिक मन्दिले ऋणीहरुको स्थिति अत्यन्त नाजुक भएकाले उद्योगी, व्यापारी, र ऋणीहरू अत्यधिक आर्थिक मारमा परेका छन् । यस अवस्थामा बैंक तथा वित्तीय संस्थाको दबाबमा ऋणीहरूको सम्पत्ति (जग्गा, जमिन इत्यादि)को भ्यालुएसन गर्ने प्रक्रियाले उनीहरूको स्थिति अझ जटिल बनाउने देखिन्छ । यसै सन्दर्भमा समितिले संघमा विभिन्न अनुरोधसहितको माग राखेको हो ।
बैंक तथा वित्तीय संस्थाले ऋणलाई एनपीएको श्रेणीमा राखेर वा एनपीए समाधानको नाममा जबरजस्ती भ्यालुएसन गर्ने प्रयास गरेमा यसलाई अस्वीकार गर्नुहुन समेत समितिले अनुरोध गरेको छ । एनपीए मिलाउनका लागि जग्गाधनी वा ऋणी स्वयम्को सहमति बिना अरू कोही नयाँ ऋणी व्यवस्था गरी बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूसँग गएर भ्यालुएसन प्रक्रिया नगर्न माग राखिएको छ ।

Leave a Reply