१५ गते वृहत् जनसभा गर्ने समाजवादी मोर्चाको निर्णय (भिडिओ)

काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ ।

आज बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए ।

उनले भने, ‘१५ गतेको वृहत् प्रदर्शनलाई भव्य बनाउने । हजारौँको सहभागितालाई सुनिश्चित बनाउने निर्णय भएको छ । संसदवादी दलहरू र बाहिर रहेका दलहरूसँग छलफल गर्ने, गणतन्त्र रक्षाको कुरा समाजवादतिरको यात्रालाई सहज बनाउने र वातावरण बनाउन छलफल बनाउने भन्ने निर्णय गरिएको छ ।’

यस्तै, एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै मोर्चाले प्रदर्शन अगाडि भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया, परामर्श गर्ने निर्णय पनि गरेको छ ।

दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने उनले बताए ।

Comments

One response to “१५ गते वृहत् जनसभा गर्ने समाजवादी मोर्चाको निर्णय (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    यो सबै हल्ला प्रचण्डजस्ता नौटंकीका नाईकेको हो । सत्ता नपाएर छटपटी भाको छ प्रचण्डलाई अहिले । कमाउ धन्दा बन्द भएपछि पानी विनाको माछो भएका छन् प्रचण्ड । सरकार बनाउँदा, सरकारको पार्टनर फेर्दा प्रचण्डले माधव नेपाल, विप्लवलाई बाल मतलव दिदैनन् किनकी एक्लै खाने बानी छ नि । जब कमजोर भएर सकिदै जान थाल्छन त्यसपछि पुच्छर बनाउन माधव र विप्लवलाई गुहार्छन् । इज्जत नभएका माधव र विप्लव लुरूक्क परेर प्रचण्डको पुच्छर हुन जान्छन् । उपेन्द्रले प्रचण्डको फटाहा बानी देखेर चटक्कै छोडिदिए । प्रचण्ड नामको विदेशीको दलाल राजनीतिमा भएसम्म यो देशमा शान्ति हुन सक्दैन । आफैं सरकारको नेतृत्वमा हुँदा १८ महिनामा तीनपटक पार्टनर दल फेर्यो । उसको कामै देशलाई अस्थिर बनाउने र दिल्लीको भाडाको टट्टु बन्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *