काठमाडौं । समाजवादी मोर्चाको बैठक जारी रहेको छ । नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा विपक्षी चार दल नेताहरू सहभागी छन् ।
बैठकमा चैत १५ गते हुने विरोधसभाको तयारीका विषयमा छलफल हुने छ ।
मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया राखिएको छ । सो विषयमा पनि आजको बैठकमा छलफल हुने छ ।
फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा देखिएको भिडपछि अहिले विपक्षी मोर्चा पनि आफ्नो शक्ति प्रदर्शनका तयारीमा रहेको छ ।

Leave a Reply