गठबन्धन गर्दा एमाले-कांग्रेसको रोग सर्‍यो, त्यही भएर माफी माग्न आएका छौं: प्रचण्ड

रूपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिले एमाले र कांग्रेससँगै गठबन्धन गर्दा उनीहरूको रोग सरेकोले अब त्यो गल्ती जनतासँग माफी मागेर मैदानमा आएको बताएका छन् ।

आज बुटवलमा मगर मुक्तिमोर्चाको छैटाैं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अब त्यो गल्ती नदोहोराउने र विगतमा मजदुर किसानसँग केही सम्बन्ध कमजोर भएकोले अब त्यसलाई सुधारेर जाने तर हिंसात्मक होइन शान्तिपूर्ण अभियान चलाउने जनाए ।

‘सदन र सडकबाट भण्डाफोर अभियानमा छौं, तर रौतहटमा आउँदा सरकारको गलत कृयाकलापले इतिहासबाट परास्त समूहले चुनौती दिएकाले काठमाडौं गएर विरोध गरेका छौं’ उनले भने,’अहिलेको सबै अधिकारको जननी माओवादी हो, त्यसका रक्षा गर्ने जिम्मेवारी पनि हो, धमिलो पानीमा माछा मार्ने चलखेल सफल हुँदैन, दलालको इशारामा सरकारले जनतालाई सताउन दिँदैनौ ।’ उनले सरकारविरूद्ध कडा आलोचना गरे ।

‘हामीले नेतृत्व गरेको सरकारले भ्रष्टाचारको फाइल खोलिरहेको थियो, देशव्यापी सकारात्मक काम भएको थियो, भारत, चीन युरोपसँग कुटनैतिक मर्यादा बनाएको थियो, सबैलाई सम्झना होला,’उनले भने,’अन्तर्राष्ट्रिय मन्चमा हामी अब्बल थियौ, हाम्रो धारणाले प्रशंसा पाएको थियो तर त्यो आन्दोलनको धेरैलाई मन परेको थिएन, संविधान मिचेर षड्यन्त्रमूलक तरिकाले सरकारबाट बाहिर फालिएको हो, मैले अन्तिमपटक सदनमा पनि भनेको थिएँ त्यो व्यवहारविरूद्ध झापड दिने बताएको थिएँ अहिले तराईमा त्यो अभियान चलाएका छौं ।

उनले सरकारका गलत कामको खबरदारी गरिरहने बताए ।

‘कुलमान मैले नियुक्ति गरेको हो,उनकै कारणले देश उज्यालो भएको हो। परिवर्तन उल्टाउने र गलत गर्ने कसैलाई छुट दिँदैनौ ।’

उनले उत्पीडित समुदायको मोर्चाबाटै पार्टीले गरेको जनयुद्ध सफल भएको बताएका छन् ।

उनले यो समुदायको उच्च सम्मान भएको बताए ।

‘सबै जात र क्षेत्रमा मोर्चा बनेका थिए । सबै वर्ग,जाति समुदायको बलिदानबाट अहिलेका अधिकार आएका हुन्, प्रतिक्रियावादीको जतिसुकै अत्याचारविरूद्व गोलबन्द एकता जातीय मोर्चाले गरेको हो’उनले भने,’उत्पीडित जातिका मोर्चाले नै दुस्मनका सबै योजना असफल भएको हो’

उनले अहिलेका अधिकारविरूद्व जुनसुकै बेला सडकमा आउन तयारीमा रहन अनुरोध गरे ।

Comments

4 responses to “गठबन्धन गर्दा एमाले-कांग्रेसको रोग सर्‍यो, त्यही भएर माफी माग्न आएका छौं: प्रचण्ड”

  1. Nagendra Avatar
    Nagendra

    सत्ताको चास्नीमा जिब्रो लपेद्दै रात-दिन कांग्रेश र एमालेको बिस्तारामा धाउँदा तिम्रो चिनारी के भयो, मति कसको बिग्रियो अनि के के रोग सारेउ ?? देशको राजनीति यत्तिदुषित हुनु : मुख्य कारक प्रचण्ड, दोश्रो माकुने !!अब तिम्रो राजनीतिक ब्येभिचार चल्दैन सायद : किन भने नेपाली समाजमा त्यो भन्दा तल्लो स्तरको कर्म कुनै हुन्दैन जसलाई कसैले मान्यता दियोस !!
    १. भारत संग सुरुङ्ग युद्द गर्ने भनेर युवा सुर्याउन्दा : अनि भारको अहित हुने गरि कुनै कदम नचाल्ने कुरा मा सहि गर्दा कसको रोग सर्यो ??
    २. MCC खारेज होस् भनेर नारा लगाउने युवा उचाल्दा : संसद भित्र जब्बर जस्तै MCC पास गर्दा : लागु गर्दा कसको रोग सर्यो ??
    ३. जनता, क्रान्ति, योद्दा, मधेशी, महिला, दलित, पिछडा वर्ग ……. भन्दै मर्न उकास्दा : सत्तामा भए पछि आफ्नै नातागोता पोस्दा कसको रोग सर्यो ??
    ४. छट्टु पनि कत्ति हो हौ, खोला है आखा तिमि जनता : यस्ता छट्टु को छुल्याई र चतुरेको चतुर्याइं मा भुलेर हामी बर्बाद भै सक्यौं, यिनीहरुलाई निषेध नगरे झन् ठुलो बर्बादी आउने छ !!

    1. yuvaraj adhikari Avatar
      yuvaraj adhikari

      हजुरकाे कुरा साेलै आना ठिक छ ।

  2. ksp pyl Avatar
    ksp pyl

    दिल्लीको दलाली गर्न छोडेको दिन हेरौंला । नत्र देश द्रोहीहरूले जे नौटंकी गरे पनि पत्याउनेवाला कोही छैन ।

  3. Nick Kashyap Avatar
    Nick Kashyap

    मार्क्सबाद, माओबाद मा आधारित राजनैतिक सिदान्तनै मूल समस्या हो अहिलेको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *