तरुण अध्यक्षको जिकिर- रविहरू अन्तत: दरबारसँगै मिल्छन्

नवलपुर । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले संगठन महाधिवेशनउन्मुख भएकाले प्रक्रियागत कामहरू छिट्टै सक्न मातहतका कमिटीलाई निर्देशन दिएका छन् ।

गैँडाकोट नगर समितिद्वारा आयोजित स्वागत, सम्मान तथा अन्तरक्रियामा गुरुङले पूर्वराजाको स्वागतमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर राखिएकोमा आलोचना गरे ।

‘विदेशीको फोटो राखेर गरिएको कार्यक्रम राष्ट्रवादी हुन सक्दैन’, उनको भनाइ थियो ।

रास्वपा सभापति रवि लामिछानेहरू अन्तत: दरबारसँगै मिल्ने अध्यक्ष गुरुङको जिकिर छ । तरुणहरूको गतिविधिले नै समाजको दृष्टिकोण तय गर्ने भन्दै उनले कांग्रेसले गरेका काम र प्राप्त उपलब्धि प्रचार गर्नुपर्ने बताए ।

सोही अवसरमा गैँडाकोट नगर कार्यसमिति पनि विस्तार गरिएको थियो ।

कार्यक्रममा नगर र जिल्लाका नेताहरू उपस्थित थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *