को हुन् केन्द्रीय क्याम्पसमा बागी उठेकी पद्मा ?

काठमाडौं । त्रिवि विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियू सभापतिमा पद्मा भुसालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । नेविसंघबाट विद्रोह गर्दै बागी उठेका ७ उम्मेदवारमध्ये पद्मा एक हुन् ।

केन्द्रीय क्याम्पस स्ववियूमा कोषाध्यक्षको जिम्मेवारी पूरा गरेकी पद्मा बायोटेक्नोलोजी र ग्रामीण विकासकी विद्यार्थी हुन् । स्याङजाकी उनले समानता, विद्यार्थी एकता, लैङ्गिक विभेद अन्त्य, भ्रष्टाचारमुक्त प्रशासन, अपाङ्गमैत्री भौतिक संरचना, २४ सै घण्टा सुरक्षित र शान्तपूर्ण विश्वविद्यालय क्षेत्र, व्यवस्थित र सुरक्षित छात्रावास विभेदमुक्त र नियमसंगत छात्रवृत्ति कोष राजनीतिक हस्तक्षेपमुक्त र निष्पक्ष कर्मचारी र पदाधिकारी नियुक्तिलगायतका एजेण्डा सारेकी छन् ।

उनले निरन्तर स्ववियूमा महिला नेतृत्वको कुरा उठाउँदै आएकी थिइन् ।

उनले आफूलाई जिताएर विश्वविद्यालयमा महिला नेतृत्वको इतिहास रच्ने भन्दै आफूमाथिको विश्वास र ममाथिको भरोसामा आँच आउन नदिने साथै गर्व गर्न लायक काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।

Comments

One response to “को हुन् केन्द्रीय क्याम्पसमा बागी उठेकी पद्मा ?”

  1. Aitaraam khadka Avatar

    भिजन राम्राे छ।हाम्राे पनि हाम्राे भन्नाले नेकपा माओबादी(केन्द्र)ले पनि महिला समलीङ्गी जातीय भेदभाव मुक्त राजनितिक हस्तक्षप मुक्त कर्मचारी सम्यंत्र बनाउन चाहान्छौ अग्रिम् शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *