पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको सभापतिमा प्रकाश धामीले दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं । इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचनमा सभापतिका लागि प्रकाश धामीले स्वतन्त्रतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।

पश्चिमाञ्चल क्याम्पस सिभिल चौथो वर्षमा अध्ययनरत विद्यार्थी धामीले सभापतिमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका हुन् ।

सबल कक्षा,बलियो सिकाइको आधार भन्ने मूल नाराका साथ कक्षाकोठा वान स्टप सोलुसनको नयाँ अवधारणा आफ्नो मुख्य एजेण्डा भएको उनले बताए । विगतका वर्षहरूमा विद्यार्थीहरूका लागि सेवामा समर्पित हुँदै सबै विद्यार्थीहरूलाई प्रभावित पार्ने र विद्यार्थी आन्दोलनलाई नै नयाँ सन्देश दिने काम आफूले गरेको उनको दाबी छ ।

विद्यार्थीहरू सबैको साझा संस्था स्ववियूलाई विद्यार्थीकै लागि समर्पित गर्ने र आफ्नो नेतृत्वको स्ववियूमार्फत् उत्कृष्ट कार्यसम्पादन गर्दै विद्यार्थी शैक्षिक जीवनमा प्राण भर्ने चाहना भएको धामीको भनाई छ ।

आफ्ना एजेन्डाहरूकै बलमा चुनाव जित्ने दाबी गर्दै उनले दुई वर्ष कुनै संगठनको छत्रछायामा नपरी विद्यार्थीको हितमा काम गर्ने प्रतिबद्धता पनि जनाए । उनी दार्चुलामा जन्मिएका हुन् ।

Comments

One response to “पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको सभापतिमा प्रकाश धामीले दिए स्वतन्त्र उम्मेदवारी”

  1. Rakesh Kumar Yadav Avatar
    Rakesh Kumar Yadav

    Right 💯. best wishes dai❤️

Leave a Reply

Your email address will not be published. Required fields are marked *