सदनमा कोही मन्त्री नआएकोमा माओवादीको आपत्ति, बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू हुन नपाइ स्थगित भएको छ । बैठकमा सरकारका कोही पनि प्रतिनिधि उपस्थित नभएको भन्दै माओवादीले आपत्ति जनाएपछि सभामुखले १५ मिनेटका लागि स्थगित गरेका छ्न् ।

प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा मन्त्रीहरू कोही पनि उपस्थित नभएको भन्दै आपत्ति जनाएका थिए । प्रतिनिधिसभा नियमावलीमा बैठकमा सरकारको प्रतिनिधि अनिवार्य उपस्थितिको प्रावधान छ । त्यही नियमावली औंल्याउँदै पाण्डेले सरकारले सदनलाई हेपिरहेको टिप्पणी गरे ।

आज सरकारले प्रतिस्थापन विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *