हेटौँडा । घरेलु प्रतिस्पर्धी बायर लेभरकुसेनलाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ ।
दोस्रो लेगमा लेभरकुसेनलाई २-० ले पराजित गरेपछि बायार्नले समग्रमा ५-० को अग्रता हासिल गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो ।
वायार्नको जितमा ह्यारी केन र अल्फोन्सो डेभिसले गोल गरे । यो सिजनको च्याम्पियन्स लिगमा केनको दशौँ औँ हो । एउटै संस्करणमा दोहोरो अंकमा गोल पूरा गर्ने केन पहिलो इङ्गल्यान्ड खेलाडी बनेका छन् ।
च्याम्पियन्स लिगकै अर्को खेलमा पोर्चुगिज बेनफिकालाई पराजित गर्दै स्पेनिस क्लब बार्सिलोनाले पनि अन्तिम आठमा स्थान सुरक्षित गरेको छ ।
बार्सिलोनाको जितमा राफिन्हाले दुई गोल गर्दा एमलले एक गोल गरे । समग्रमा बेनफिका विरुद्ध बार्सिलोनाले ४-१ को जित निकालेको हो ।

Leave a Reply