पोखरा । देशकै सबैभन्दा धेरै विद्यार्थी रहेको पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।
मंगलबार स्ववियु निर्वाचन कार्यालयमा पुगेर ८ जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमाले निकट अनेरास्वियुबाट विष्णु पोखरेल, कांग्रेसनिकट नेविसंघबाट सुशिल न्यौपाने र माओवादी केन्द्रबाट अखिल क्रान्तिकारीबाट नविन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै अनेरास्ववियू, अखिल समाजवादी विप्लव, अखिल क्रान्तिकारी बहुमतसहितको संयुक्त मोर्चाबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङले अध्यक्षमा उम्मेदवारी दिँदा विप्लबी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
स्ववियुको निर्वाचन चैत ५ गते हुनेछ । स्ववियु निर्वाचनका लागि ९ हजार २ सय ७० मतदाता छन् । विसं. २०६५ सालयता पिएन क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । यसअघि २०७९ मा प्रक्रियामा विवाद हुँदा स्ववियु निर्वाचन हुन सकेको थिएन ।
अध्यक्षका उम्मेदवार
विष्णु पोखरेल, अनेरास्ववियु
सुशिल न्यौपाने, नेविसंघ
नविन अधिकारी, अखिल क्रान्तिकारी
सन्तोष पौडेल, समाजवादी मोर्चा
मिलन सुनार, अखिल छैटौं
दिप्सन गुरुङ, प्राज्ञिक विद्यार्थी परिष्द
विप्लवी न्यौपाने, स्वतन्त्र
कमल सुवेदी, स्वतन्त्र

Leave a Reply