अष्ट्रेलियामा सुष्मा कार्कीको नेपाली युवतीसँग मच्चियो रडाको, फोनमा छाडा गालीगलौज

काठमाडाैं । अष्ट्रेलियामा रहेकी अभिनेत्री सुष्मा कार्कीको एक नेपाली युवतीसँग रडाको मच्चिएको छ । नेहा श्रेष्ठ नाम गरेकी युवतीलाई सुस्माले अपशब्दसहित गालीगलौज गरेकी छन् ।

नेहाले भाडामा लिएको फ्ल्याटको एउटा युनिट सुष्माले निश्चित रकम तिरेर सेयरिङमा बसिरहेकी रहिछन् । सुष्माको युनिटमा बाथरुम, किचेन र बार्दली अलग्गै थियो ।

सुष्माले आफ्नो युनिट सफा नराखेको आरोप नेहाले लगाएपछि झगडा सुरु भएको हो । सानो विषयलाई लिएर नेहाले आफूलाई ह्यारेसमेन्ट गरेको सुष्माको आरोप छ ।

दशैंमा नेपाल आएकी सुष्मा फर्किएपछि सो फ्ल्याटमा बस्न थालेकी थिइन् । फेब्रुअरीको पहिलो साता उनीहरुबीच म्यासेजमै झगडा पर्यो । नेहाले सुष्माको बाथरुम, किचेन र बार्दलीका तस्विरहरु खिचेर उनलाई पठाइदिइन् ।

बाथरुमको कमोड, किचेन सिंक राम्ररी सफा नगरेको, बेसारको दाग नपखालेको, बार्दलीमा चुरोट खाएर जथाभावी ठूटा फ्याँकेको भन्दै उनले सुष्मालाई आरोपित गरिन् । त्यसपछि सुष्माले आफू अब सफा गरेर बस्ने वचन दिएको उनीहरुले सार्वजनिक गरेका स्क्रिनसटमा देखिन्छ ।

तर, झगडा सामान्य नभएपछि अन्ततः सुष्माले सो फ्ल्याट छोडेर अन्तै सरिन् । अहिले उनी आफैं एउटा फ्ल्याट लिएर बस्न थालेकी छन् र युनिट सेयर गर्ने मान्छे खोजिरहेकी छन् ।

फ्ल्याट छोडेपछि सुष्माले पाँच दिनअघि एउटा भिडिओ बनाएर टिकटकमा हालिन् । उक्त भिडिओमा सुष्माले नेहाको नाम नलिइकन उनीमाथि विभिन्न आरोप लगाएकी छन् ।

नेहाले आफ्नो गोपनीयता हनन गरेको र आफूलाई अनाहकमा टर्चर दिएको सुष्माको आरोप छ । जहिले पनि ठुस्स परेर बस्ने गरेको, घरमा आउँदा घर जस्तो भाइब्स नआएको पनि सुष्माको गुनासो थियो ।

त्यसको जवाफ नेहाले टिकटकबाटै दिइन् । त्यसमा उनले सुष्मालाई मेन्सन नै गरेकी थिइन् ।

नेहाले टिकटकमा टेक्स्टमार्फत दिएको जवाफ यस्तो:

‘घरमा घर जस्तो फिल हुन सकेन रे ? घरको केटी जहिले ठुस्स पर्यो रे ? घरलाई घर नसोची भट्टी सोचेर रुममा, बाथरुममा जतासुकै स्मोक गरेपछि घर जस्तो भाइब्स कसलाई आउँछ ? भन्दाभन्दा वाक्क भएर म्यासेज पनि गरेको सफा गरौँ है दिदी भनेर… म त बेसार पानी मात्र खान्छु रे । बेसार पानी कसले फ्राइबिनमा बनाउँछ ? बनाए पनि बेसारको बाहिर आएको छिटा सफा गर भन्दा टर्चर भयो रे । ह्यारेसमेन्ट भयो रे । अस्ति मैले सफा गरेको बाल्कोनीमा स्मोक गरेर यत्तिकै छोडिदिने ?
सुष्माले आफूलाई पठाएको एउटा अडियो म्यासेज पनि नेहाले सार्वजनिक गरेकी छन् । उक्त अडियोमा सुष्माले छाडा शब्दहरुसहित गालीगलौज गरेको सुनिन्छ ।

यस्तो छ सुष्माले बोलेका केही शब्दः

‘काम छैन तेरो बहुलाइनी केटी ? सालको पात डस्टबिनमा नराखे …. राख्छ त डस्टबिनमा ? फोहोर नराखे तेरो … राख्छ जाँ… । पख न तेरो म के गर्छु… हेर्दै जा नसाला बेइजती आइमाइ…. साइको…. बेसी नबोल बिनमा फोहोर नफाले तेरो … फाल्छ त ? साला बढी कुरा गर्छस् ? के ह्यरेसमेन्ट गर्न खोजेको हो ? मा.. साला तेरो युनिट भन्दैमा जे पनि भन्न पाउँछेस् ? … खान सेयरिङमा राखेको ? मेरो हिराको औठी वाथरुमबाट हराएको छ । तेरो बाउले तिर्छ ? मैले कति आची गरेको छ भनेर हेर्न मेरो बाथरुममा गएकी होस् ? आचीकोको डल्लोजस्तो छ फेस पनि ।

मैले तीन-चार महिनामा दुईपटक मात्रै लुगा धोएँ भनिस् ? म एउटा लुगा एकपटक मात्र लगाउँछु तँलाई थाहा छ कि छैन ? मेरो कट्टु र ब्राको ५५ हजार पर्छ भनेर सुनेकी थिइस कि थिइनस् ?

Comments

4 responses to “अष्ट्रेलियामा सुष्मा कार्कीको नेपाली युवतीसँग मच्चियो रडाको, फोनमा छाडा गालीगलौज”

  1. Dhaka Ram Sapkota Avatar
    Dhaka Ram Sapkota

    सुश्मा कार्की ले दुई घन्टामा पाउने थिरी लाख्स मध्ये केही दिएदेखी Everything will be solved

  2. RK Avatar
    RK

    जहाँ गए नि नेपालीको चर्चा हुन्छ ! भनेसी नेपाली हुनुको मज्जा नै वेग्लै ! वा

  3. peshalkumar Rai Avatar
    peshalkumar Rai

    आफुमा अहम भएकाहरु एस्तैहुन्छ सेअरिङ बस्तु ठाउँ जे चिज भए पनि सम्मान सिंहार सुसार सर्सफाइ गर्नु पर्छ

  4. रामकृष्ण महर्जन Avatar
    रामकृष्ण महर्जन

    झगडाको बिउ भनेकै आफु अरु माथी दोष थुपारनु मात्र हो सक्दो चाँडो सफाई तिर ध्यान दिनुपर्ने कुराहरु महत्वपूर्ण हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *