विशाल बजार कम्पनीको साधारण सभा रोक्न उच्च अदालतको आदेश

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडको साधारण सभा रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ । अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र ऋषिराज भण्डारीको संयुक्त इजलासले साधारण सभा नगर्न आदेश दिएको हो ।

कम्पनीले यही फागुन २८ गते साधारण सभा गर्ने सूचना जारी गरेको थियो । उक्त सभा रोक्नका लागि सुनिलकुमार शाक्य अदालत पुगेका थिए ।

सोही मुद्दामा अदालतले सूचनाबमोजिम साधारण सभा नगर्न आदेश दिएको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *