धादिङमा १२ मध्ये ४ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन, नेत्रावती क्याम्पसमा सर्वसम्मत बन्यो समिति

चितवन । धादिङ जिल्लामा १२ वटा सामुदायिक क्याम्पसहरुमध्ये ४ वटामा मात्रै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रकृया अघि बढेको छ ।

विद्यार्थी संख्या कम भएको कारण निर्वाचन गराउन सकिने अवस्था नभएकोले निलकण्ठ बहुमुखी क्याम्पस धादिङवेशी, नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस त्रिपुरासुन्दरी, चन्द्रोदय बहुमुखी क्याम्पस विशालटार र जयवागेश्वर बहुमुखी क्याम्पस मलेखुमा स्ववियु निर्वाचनको प्रकृया अघि बढेको हो । मच्छिद्रमा बहुमुखी क्याम्पस खानीखोलामा भने सर्वदलीय सहमतीबाट चैत १ गते मनोनयन दर्ता प्रकृया अघि बढाउने जनाइएको छ ।

निर्वाचन प्रकृया अघि बढेका चार क्याम्पसमध्ये नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस त्रिपुरासुन्दरीमा सर्वसम्मत स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयन भएको छ ।

सबै संगठनका विद्यार्थीको सहभागितामा सर्वसम्मतीबाट अखिल क्रान्तिकारीका अभिषेक थपलियाको नेतृत्वमा स्ववियु गठन भएको हो । जसमा उप–सभापति सुलोचना खड्का, सचिव विनोद गौली, कोषाध्यक्ष सविना अधिकारी र सह–सचिव सरिता गुभाजु रहेको ११ सदस्यीय कार्यसमिति गठन भएको हो ।

त्यसैगरि जय बागेश्वरी र चन्द्रोदय बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको गठबन्धन र अनेरावियु क्रान्तिकारी एक्लैले उम्मेदवारी दर्ता गराएका छन् । भने निलकण्ठ बहुमुखी क्यम्पसमा भने अहिलेसम्म कुनै पनि संगठनले गठबन्धन गरेका छैनन् ।

धादिङवेशीमा रहेको निलकण्ठ बहुमुखी क्याम्पस जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी रहेका क्याम्पस हो । जसमा ९ सय १३ जना विद्यार्थी भर्ना भएका तथ्याङ्क छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *