युवा संघ झापाका इन्चार्जमाथि खुकुरी हानेको आरोपमा एक जना पक्राउ

विराटनगर । राष्ट्रिय युवा संघ नेपाल झापाका इन्चार्ज खगेन्द्रराज आङ्देम्बेसहित ३ जना युवामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिर्तामोड ४ बस्ने खगेन्द्र खालिङलाई पक्राउ गरेको हो । खालिङकाे समूहले गए राति घरमा बोलाएर आङ्दम्बेसहित ३ जनामाथि खुकुरी प्रहार गरेका थिए । घटनामा अन्य युवाहरू समेत भएको आशङ्कामा प्रहरीले खोजी कार्य जारी राखेको छ ।

गए राति खालिङ्गको समूहको आक्रमणबाट युवा सङ्घका तीन जना युवा नेता गम्भीर घाइते भएका छन् । घाइतेहरूको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

इन्चार्ज आङ्देम्बेको आइसियुमा र अन्य २ जना विश्वदिप राजवंशी र अजय खवासको अर्थोवार्डमा राखेर उपचार भइरहेको छ । आङ्देम्बेमाथि खुकुरी प्रहार भएको थियो । खुकुरीबाट उनको अनुहारमा गम्भीर चोट लागेको छ भने अन्यको हात र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *