मुकुल ढकाल भन्छन्ः राजसंस्था फर्काउनेबारे पूर्वराजासँग रविदाइको छलफल भएको थियो

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका भूतपूर्व महामन्त्री डा. मुकुल ढकालले सो पार्टीका सभापति रवि लामिछानेले पूर्वराजासँग भेटेर राजसंस्था पुनर्स्थापनाबारे छलफल गरेको स्मरण गरेका छन् । पार्टी स्थापना हुनुभन्दा अगाडि लामिछानेले पूर्वराजालाई भेटेर गरेको छलफल सार्थक हुन नसकेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढकालले लामिछाने त्यसबेला राजा ल्याउने पक्षमा रहेको पनि बताएका छन् ।
उनको स्टाटस यस्तो छः

‘राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नु अघि “राजतन्त्र“ को लाइन लिने कि “गणतन्त्र“ को भनेर रवि दाइ र मबीच छलफल भयो । त्यतिबेला छलफल गर्नका लागी कोहि थिएन, जे जति हुन्थ्यो, हामी दुइबीच नै हुन्थ्यो । राजासँग भेट्न रवि दाइ झापासम्म जानु भयो । राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुइ–चार पटक कुरा पनि भयो । रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो ।

त्यतिबेला मैले रवि दाइलाई भने, “राजा ल्याउने वा आउने कुरा हामीले गरेर हुन्न, राजा आफैँले बोल्नपर्छ । जसलाई ल्याउन खोजेको हो, उ आफैँले त ’म आउने हो’ भन्न पर्यो नि ।“ राजा बोल्न तयार भएनन् , तर त्यसपछी पनि रवि दाइले “राजतन्त्र“ लाई कुनै न कुनै ढङ्गले समेटौ भनिराख्नु भयो । मैले प्रस्ताव राखे, रवि दाइले त्यहि अनुसार राजासँग पनि कुरा गर्नु भयो । मेरो प्रस्ताव थियो – “राजाको नीजि सम्पत्ति नहुने , जनताले राजालाई पाल्ने , राजाको सम्पत्ति ट्रस्टमा लगेर सकेसम्म सबै जिल्ला नत्र कम्तिमा हालका प्रदेश राजधानीमा एक–एक वटा ठुला स्कुल र अस्पताल खोलौँ । यति घोषणा गरि एकैपटक स्कुल र अस्पतालहरूको शिलान्यास गरौँ ।“ राजाबाट सकारात्मक कुरा आएन । राजाबाट सकारात्मक कुरा नआएपछि, गणतन्त्र कै लाइनमा पार्टी खोल्ने निर्णय गर्यौँ ।’

Comments

One response to “मुकुल ढकाल भन्छन्ः राजसंस्था फर्काउनेबारे पूर्वराजासँग रविदाइको छलफल भएको थियो”

  1. tara baral Avatar
    tara baral

    निजी सम्पति जति हडपेर पुन पछि राजा फालेमा राजपरिवार कसरी पालिन्छ?के रास्वपाका नेताले चाहिँ निजी सम्पति राखेकाछैनन् र ?राजालाई वाहियात आदेश ? पहिले मुकुल,रविले सम्पति ट्रष्टमा राखेर देखाउन् त हेरौँ। वाहियात पपुलारिटी लिन लाज लाग्दैन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *