काठमाडौं । चलचित्र ‘१२ गाउँ २’ बनाउन लागेको चर्चाबिच नायक विराज भट्टले अर्को एक फिल्म साइन गरेका छन् । विराजले चलचित्र ‘१२ गाउँ २’को काम तत्कालका लागि पछि सार्दै नयाँ चलचित्र ‘राम नाम सत्य’ साइन गरेका हुन् ।
चलचित्रका निर्देशक माइकल चन्द र नायक विराज भट्टबीच सोमबार कागजी सम्झौता भएको हो । १२ गाउँ’ रिलिज भएपछि विराजको चर्चा र क्रेज फेरि एक पटक चुलिएको छ । उनलाई अन्य ब्रान्डका चलचित्रबाट अफर आउन थालेको छ । यसै बिच, विराजले होम प्रोडक्सनको काम समेत रोकेर ‘राम नाम सत्य’ साइन गरेका हुन।
म्युजिक भिडियो निर्देशन गर्दै आएका माइकल चन्दले यो चलचित्रको निर्देशन गर्न लागेका हुन् । चलचित्रमा कथा पनि उनको नै छ । चलचित्रको छायांकन आउँदो वर्षबाट सुरु गर्ने योजना माइकलको छ ।
चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, र उत्तम गुरुङ, उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहनेछ । नरेन्द्र शाह र सन्तोष अर्याल चलचित्रका कार्यकारी निर्माता हुन् ।
चलचित्रलाई एक्सन, लभ स्टोरी र कमेडीको जनरामा निर्माण गरिनेछ । चलचित्रका लागि अन्य कलाकार एकपछि अर्को रूपमा जानकारी दिँदै जाने योजना निर्माण पक्षको छ ।

Leave a Reply