स्ववियु निर्वाचनमा अनेरास्ववियुले खाता खोल्यो- माण्डव्य क्याम्पसमा प्यानलै निर्विरोध

रुपन्देही । पाल्पाको माण्डव्य बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुका सौगात कोइरालासहित प्यानल निर्विराेध विजयी भएको छ ।

अनेरास्ववियुका लुम्बिनी सचिव रमेश ढकालका अनुसार सो क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी भएको हो । यसअघि पनि त्यहाँ अनेरास्ववियुले निर्वाचन जित्दै आएको थियो ।

५ गते हुने निर्वाचनकाे लागि अनेरास्ववियुकाे प्यानल विरुद्ध कसैले पनि उम्मेदवारी  दिएनन् । योसँगै लुम्बिनी प्रदेशमा अनेरास्ववियुले आफ्नो खाता खोलेको ढकालले जनाएका छन् ।

Comments

One response to “स्ववियु निर्वाचनमा अनेरास्ववियुले खाता खोल्यो- माण्डव्य क्याम्पसमा प्यानलै निर्विरोध”

Leave a Reply

Your email address will not be published. Required fields are marked *