झण्डै ३१ किलो चरेससहित तीनजना पक्राउ

दाङ । प्रहरीले आज अपरान्ह ठुलो मात्रामा लागूऔषध चरेस सहित तीन जनालाई पक्राउ गरेको छ । रूकुम पूर्वबाट चरेस ल्याएर केही व्यक्ति दाङ आउँदै गरेको

सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो । जिप्रका दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार रूकुम पूर्वको भुमे २ का जोन पुन,हर्कबहादुर घर्ती र रूपधन घर्ती चरेस चरेस सहित पक्राउ परेका छन् ।

उनीहरूलाई घोराही १३ बाह्रकुने दहबाट पक्राउ गरिएको डीएसपी शाहले जानकारी दिए । उनीहरुले आलुको बोरामा हालेर चरेस ल्याएका थिए ।

उनीहरूको साथबाट ३० किलो ७ सय ग्राम चरेस बरामद भएको प्रहरीले जानकारी दिएको छ ।उनीहरूलाई हिरासतमा राखि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *