संसदमा विपक्षी दलका नेताको सम्बोधन, प्रदेशसभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगरमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।

सोमबारको कार्य व्यवस्था परामर्श समितिको बैठकमा प्रचण्डले सम्बोधन गर्ने विषयमा छलफल भएको थियो ।

प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्ने तय भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित हुने भएका छन् । आज प्रधानमन्त्री ओली कोशी प्रदेशसभा बैठकमा सम्बोधन गर्न जाने भएका हुन् । कोशी प्रदेशसभामा प्रधानमन्त्रीले दिउँसाे साढे २ बजे सम्बोधन गर्ने कार्यसूची छ ।

यसअघि माघ २४ गते पनि प्रचण्डले सम्बोधन गरेका थिए । त्यो बैठकमा पनि ओली उपस्थित भएका थिएनन् । प्रचण्डको सम्बोधनका समयमा ओली बालुवाटारमै थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *