सैनामैना गोल्डकपको फइनलमा कपिलवस्तु ११-अभिषेक रजहर भिड्ने

रुपन्देही । रुपन्देहीको सैनामैना मुर्गियामा भैरहेको सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा कपिलवस्तु ११ र अभिषेक चर्च रजहर भिड्ने पक्का भएको छ ।

मुर्गिया फुटबल क्लबको आयोजनामा सोमबार मुर्गिया रंगशालामा भएको दोश्रो सेमीफाइनल खेलमा महाबीर क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले पराजित गर्दै कपिलवस्तु ११ फाइनलमा प्रवेश गरेको हो ।

पहिलो र दोश्रो हाफ बराबरी खेलका दुवै टिम अन्ततः पेनाल्टी सुट आउटमा पुगेका थिए । पेनाल्टीमा महाबीरका जर्सी नम्बर ७ का खेलाडी अरुन चौधरीले प्रहार गरेको पेनाल्टी पोष्टभन्दा बाहिर गएपछि कपिलवस्तु ११ लाई फाइनल पुग्ने बाटो खुलेको हो । बुधबार हुने फाइनल खेल कपिलवस्तु ११ र अभिषेक चर्च रजहर नवलपुरबीच हुने छ ।

सोमबारको खेलमा म्यान अफ दि म्याच कपिलवस्तु ११ का जर्सी नम्बर १४का खेलाडी निमबहादुर मिदुङ भएका छन् ।

आजको म्याचमा दुवै टोलीले विदेशी खेलाडी मैदान उतारेका थिए । दुवै टीमले गोलका थुप्रै अवसर पाएपनि जाली चुमाउन नसक्दा खेल पेनाल्टीमा पुगेको हो । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टीमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टीमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल फागुन २८ गते हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *