सिन्धुपाल्चोकका १२ क्याम्पसमा नेविसंघ र अनेरास्ववियुले यसरी गरे भागबन्डा

चौतारा । चुनावमा गठबन्धन नगर्ने घोषणा गरेर सत्ता सहकार्य सुरु गरेका कांग्रेस र एमाले निकट विद्यार्थी सङ्गठनहरूले स्ववियु निर्वाचनमा गठबन्धन गर्ने भएका छन् ।

यही चैत ५ गते हुने निर्वाचनका लागि सिन्धुपाल्चोकमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघबीच गठबन्धन गर्ने सहमति भएको हो ।

स्ववियु चुनाव हुने १२ क्याम्पसलाई ६-६ वटामा नेतृत्व लिनेगरी सहमति भएको छ । सभापति लिएको संगठनले सहसचिव र सचिव र कोषाध्यक्ष लिएको संगठनले उपाध्यक्षमा उम्मेदवारी दिने दुई संगठनबीच सहमति भएको हो ।

Comments

One response to “सिन्धुपाल्चोकका १२ क्याम्पसमा नेविसंघ र अनेरास्ववियुले यसरी गरे भागबन्डा”

  1. MR. LAMA Avatar
    MR. LAMA

    THUKKA MULA CHOR HARU… MAOBADI SANGA SAKINA KI K HO?

Leave a Reply

Your email address will not be published. Required fields are marked *