अनेरास्ववियुको घोषणापत्र- विद्यार्थीलाई घरभाडादेखि हवाई यात्रासम्म छुट गराउन पहल गर्ने

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटीले स्ववियु निर्वाचन विशेष प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

अनेरास्ववियुले प्रत्येक आङ्गिक क्याम्पसमा आकस्मिक÷प्राथमिक स्वास्थ्योपचार केन्द्रलाई थप व्यवस्थित गर्ने, बहालमा बस्ने विद्यार्थीहरूलाई विद्युत महसुलमा २५ युनिटसम्म निःशुल्क प्रयोग गर्न पाउने छुटको व्यवस्था गर्न पहल गर्ने जनाएको छ ।

उसले बहालमा बस्ने विद्यार्थीहरूका लागि सहुलियत दरमा इन्डक्सन चुलोको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता गरेको छ ।

स्थानीय तहको सरकारसँग समन्वय गरी बहालमा बस्ने विद्यार्थीहरूलाई घरभाडा छुटको व्यवस्था मिलाउन पहल गर्ने, अनेरास्ववियुको आन्दोलनको महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको यातायातमा ४५ प्रतिशत भाडा छुटको व्यवस्थालाई प्रभावकारी कार्यान्वयवन गर्ने, लामो दुरीको यातायातमा अनिवार्य छुटको व्यवस्था मिलाउन पहल गर्ने घोषणापत्रमा उल्लेख छ ।

सडक सञ्जालले नजोडिएका विकल्पविहीन हवाई यात्रामा विद्यार्थी छुटका लागि पहल गर्ने, विद्यार्थीहरूको स्वास्थ्य बीमालाई प्रभावकारी कार्यान्वयन गर्न पहल गर्ने अनेरास्ववियुले प्रतिबद्धता जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *