देउवाको टिप्पणी- राजाको पक्षमा कुनै माहोल छैन, हिजो काठमाडौंमा केही भएको होइन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कने कुनै माहोल नदेखेको बताएका छन्।

धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राजतन्त्रको पक्षमा माहोल नदेखिएको बताए।

हिजो काठमाडौंमा राजावादीले गरेको प्रदर्शनबारे उनले भने, ‘कुनै माहोल देखेको छैन। हिजो काठमाडौंमा केही भएको छैन।’

प्रधानमन्त्रीलाई भारतले निम्तो दिएको छैन, पूर्वराजालाई पनि भारतले नै उचाल्यो भन्ने चर्चा हुन थालेको छ नि भन्ने जिज्ञासामा उनले थपे, ‘कसैले उचालेर उचालिने कुरै छैन।’

उनले दुई पार्टीबीच मिलेर बनेको सरकार ०८४ सम्म जाने र कुनै समस्या नभएको बताए।

Comments

One response to “देउवाको टिप्पणी- राजाको पक्षमा कुनै माहोल छैन, हिजो काठमाडौंमा केही भएको होइन”

  1. Mania Thompson Avatar
    Mania Thompson

    र्याले ठग, घुस्याहा, देश लुटा,बिदेशी दलाल हो यो।एस्लाई सबैले सोध त्यत्रो सम्पत्तु यस्ले कसरी र कहाँ बाट जोड्यो।कस्को पैसा र कहाँबाट आयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *