बाजुरा । बाजुराको स्वामिकार्तिक खपार गाउँपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका २ का पुसे भण्डारी रहेका छन् ।
बडिमालिका खबरका अनुसार कर्णाली नदीमा माछा मार्न गएका र घर फर्किने क्रममा भिरबाट लडेर उनी घाइते भएका थिए । उनको समयमा नै उद्धार हुन नसक्दा घटनास्थलमा नै मृत्यु भएको हो ।
पत्रकार प्रकाश सिंहका अनुसार उनको उद्धारका लागि गएका ८ जना स्थानीय समेत सोही भिरमा अड्किएका छन् र
स्थानीय आफै भिरमा अड्किएपछि घाइते भण्डारीको उद्धार हुन सकेन र घटनास्थलमै मृत्यु भएको स्वामिकार्तिक खापर गाउँपालिका वडा न २ का वडा अध्यक्ष विष्णु बुढाले बताएका छन् ।
जाने बेला सहज रूपमा गएका र फर्किन कठिनाइ भएका कारण १ महिला ३ बालबालिका र ४ जना युवाहरू सोही भिरमा अड्किएका वडाअध्यक्ष बुढाले बताए ।
हिजो दिउँसो ४ बजेदेखि उनीहरू भिरमा नै अड्किएका छन् । अहिले उनीहरूको उद्धार प्रयास भइरहेको छ ।

Leave a Reply