रूपन्देही । रुपन्देहीको सबैभन्दा पुरानो र सर्वाधिक राशिको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता चैतको दाेस्राे सातादेखि हुने भएको छ । प्रतियोगिताको २३ औ संस्करण चैत ९ गतेबाट सुरु हुने भएको हो ।
आइतबार पत्रकार सम्मेलन गरी रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले प्रतियोगिताको तयारी पूरा भएको बताए ।
नेपालकै प्रतिष्ठित गोल्डकपमध्येको एकमा पर्ने तिलोत्तमा गोल्डकपको तयारी पूरा भएको उनले बताए । ‘नेपालमा खप्तड, रारा, आहारारा र तिलोत्तमा चारमुख्ये गोल्डकपमध्ये हो’, उनले भने ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरी उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय ६६ रुपैयाँबाट पुरस्कृत गरिने उनले बताए ।
यसैगरी विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाँबाट पुरस्कृत गरिने उनले बताए । यो वर्ष डिफेन्डिङ च्याम्पियन मनाङ मर्याङदी क्लब सहभागी नहुने उनले बताए ।
प्रतियोगितामा रुपन्देही-११, संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज क्लब, थ्री स्टार क्लब, नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, एडोर्न गडवाल स्पोर्टिङ क्लब, उज्वेकस्थान टीमलाई सहभागिताको लागि पत्राचार गरिएको उनले बताए ।
कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेय, उपमेयर सावित्रादेवी अर्याल, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले खेलकुद पर्यटनको रुपमा विकास गर्ने गरी पूर्वाधार र खेल गतिविधि भैरहेको बताए ।
चैत ९ गतेबाट १६ गतेसम्म संचालन हुने प्रतियोगितामा १ करोड ८ लाख रुपैया, ८८ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको छ ।
प्रतियोगितामा गतवर्षकाे विजेता मनाङमर्याङ्दी भने सहभागी नहुने भएको छ । ०३३ सालमा बुटवलमा याे प्रतियोगिता सुरु भएको थियाे ।

Leave a Reply