कपिलवस्तु ११ सैनामैना गोल्डकपको सेमिफाइनल प्रवेश

रूपन्देही । कपिलवस्तु ११ सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सैनामैना फुटबल रङ्गशालामा शनिबार भएको खेलमा फर्साटिकर युथलाई ३-० गोलले पराजित गर्दै कपिलवस्तु सेमिफाइनलमा पुगेको हो ।

जितको लागि कपिलवस्तुको तर्फबाट मोहम्मद इन्द्रेसले २ गोल र विज्ञान गुरुङले १ गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो हाफको सुरुमै कपिलवस्तु ११ का मोहम्मद इन्द्रेस गोल गर्न सफल भए । उनलाई मीनप्रसाद मिदुनले एसिस्ट गरेका थिए । खेलको अधिकांश समय फर्साटिकरमाथि कपिलवस्तु ११ हावी देखिएको थियो ।

कपिलवस्तु ११ का लागि विज्ञान गुरुङले ७५ औं मिनेट र ८१ औं मिनेटमा मोहम्मद इन्द्रेसले पुनः गोल गर्दै सेमिफाइनलको यात्रा तय गराए ।

फर्साटिकर युथका खेलाडीले बारम्बार गोल गर्ने अवसर चुकाउँदा सेमिफाइलनबाटै बाहिरिन परेको छ ।

फागुन २८ गतेसम्म हुने प्रतियोगितामा आइतबारदेखि सेमिफाइनलका खेल हुँदैछ । सेमिफाइनलको पहिलो खेल भोलि आयोजक मुर्गिया फुटबल क्लब र अभिषेक चर्ज रजहर नवलपुरबीच दिउँसो ३ बजे हुने संयोजक अशोक खड्काले जानकारी दिए ।

सैनामैना- ४ स्थित मुर्गिया फुटबल क्लबको आयोजना तथा सैनामैना नगरपालिका रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ । उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

सुनगाभा पब्लिक स्कुल मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई नगद ४०-४० हजार प्रदान गर्ने आयोजक क्लबका अध्यक्ष प्रवीण भारीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *