रौतहटबाट प्रचण्डले भने- जनस्तरबाट प्रदर्शित विश्वासले समाजवादी क्रान्तिको लक्ष्यमा अघि बढ्न प्रेरणा मिल्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनस्तरबाट पार्टी र नेतृत्वप्रति प्रदर्शित आस्था र विश्वासले समाजवादी क्रान्तिको लक्ष्यमा अघि बढ्न ठुलो प्रेरणा दिएको बताएका छन्।

‘जनतासँग माओवादीः तराई-मधेस जागरण अभियान’का क्रममा रौतहट पुगेका प्रचण्डले जनताको भव्य स्वागत र न्यानो आतिथ्य पाइरहेको बताए।
‘अभियानका क्रममा आज हामी रीतबहादुर खडका, रामअयोधी मुखियालगायतले सहादत प्राप्त गर्नुभएको जिल्ला रौतहटका गाउँ बस्तीमा जनतासँग भेटघाटमा छौँ’ प्रचण्डले भनेका छन्,’यस क्रममा सहिद परिवारलाई सम्मानका साथै बलिदानका कीर्तिमानहरूको स्मरण गरेका छौँ।’
जनताको न्यानो साथ पाएको दाबी गर्दै पार्टी र नेतृत्वप्रति ठुलो विश्वास देखिएको जिकिर गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *