जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रौतहट अध्यक्ष लीलाप्रसाद साह तेली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
जनतासँग माओवादी, तराई(मधेस जागरण अभियानका क्रममा रौतहट पुगेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहलाई पार्टीमा स्वागत गरेका हुन् ।
रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरमा आयोजित कार्यक्रममा साहसहित ६५ कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । साह गत स्थानीय तह निर्वाचनमा लोसपाबाट नगर प्रमुखको उम्मेदवार बनेका थिए । उनले चुनावमा ३ हजार ३३२ मत पाएर निकटम प्रतिस्पर्धी बनेका थिए ।
माओवादी प्रवेश गरेका साहले कांग्रेस, एमाले पहिचानविरोधी भएको भन्दै मधेसको अधिकार रक्षा माओवादीबाट हुने देखेर प्रवेश गरेको बताए ।

Leave a Reply