पूर्वराजालाई प्रचण्डको चेतावनी- फेरि मुर्खता देखाए पाएको पनि सखाप हुन्छ (भिडिओ)

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजाले विगतमा ठूलो मुर्खता गरेको र अहिले फेरि त्यस्तो गरे सह्य नहुने चेतावनी दिएका छन् ।

जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानको क्रममा रौतहट पुगेका माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजालाई जबरजस्ती नगर्न चेतावनी दिए । स्थानीय जनतासँग प्रचण्डले भने, ‘पूर्वराजाले विगतमा ठूला मुर्खता गरेका छन् । फेरी पनि मुर्खता गरेर पाएको पनि सबै सखाप नपारुन भन्ने चाहन्छु ।’

उनले नेपाली जनताले उदारताका साथ कारबाही गर्नुको साटो आरामसँग बस्न दिएको उल्लेख गर्दै जनता र हामीले देखाएको उदारतालाई कमजोरी नठान्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाए ।

अध्यक्ष प्रचण्डले पूर्वराजालाई राजनीति गर्न मन छ भने पार्टी खोलेर चुनाव लड्न र जित्न चुनौती दिए । उनले भने, ‘संविधानले नै पार्टी खोल्न, चुनाव लड्न र जित्न अधिकार दिएको छ ।’

Comments

3 responses to “पूर्वराजालाई प्रचण्डको चेतावनी- फेरि मुर्खता देखाए पाएको पनि सखाप हुन्छ (भिडिओ)”

  1. bipin Avatar
    bipin

    yesta ko kura kasle pattaucha ?

  2. Mania Thompson Avatar
    Mania Thompson

    यो ज्यान्मारा हो।

  3. Nick Kashyap Avatar
    Nick Kashyap

    कारबाही त प्रचण्डलाइ गर्नु पर्छ !! धेरै नबोल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *